काठमाडौं। मारुती सिमेन्टले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सो विशेष प्रस्ताव सहितको साधारण सभा डाकेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र १० प्रतिशत नगद लाभांश पनि दिँदैछ। कम्पनीले तीन लाख कित्ता अग्राधिकार सेयरलाई साधारणमा परिणत गर्न प्रस्ताव साधारण सभामा लैजाँदैछ।
बोनस र परिणत भएको सेयरपछि कायम हुने चुक्ता पुँजीको हकप्रद जारी गर्दैछ। जस लगत्तै प्रिमियममा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको हो।
राठी र गोयल ग्रुपको संयुक्त लागनी कम्पनीमा भेटिन्छ। नन्द किशोर राठी कम्पनीका अध्यक्ष हुन्। कम्पनीले हाल मारुती ब्रान्डमा मात्र ओपीसी सिमेन्ट उत्पादन गरिरहेको छ। कम्पनी विस्तारपछि पीपीसी उत्पादन गर्ने योजना बनाएको छ।