काठमाडौं। पूर्वाधार विकास बैंक (निफ्रा) ले कर्जाको पुनतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले निफ्रालाई जारी गरेको एकिकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप गरेर पुनतालिकीकरण तथा पुनर्संरचनाको अनुमति दिएको हो।
निफ्राले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईँटा/ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) का परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग÷व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा पुनतालिकीकरण तथा पुनरसंरचना गर्न सक्ने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ।
यसबाहेक शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक÷दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा पनि पुनतालिकीकरण तथा पुनरसंरचना गर्न सक्नेछ।