काठमाडौं। आज अमेरिकी डलरको भाउ घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९२ रुपैयाँ रहँदा बिक्री दर १३३.५२ रुपैयाँ रहेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर १३२.९५ रुपैयाँ र बिक्री दर १३३.५५ रुपैयाँ कायम थियो। जुन हालसम्मकै उच्च थियो।
यस्तै, १ युरोको खरिद दर आज १४०.५१ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.१४ रुपैयाँ छ। मंगलबार १ युरोको खरिद दर १४०।०४ रुपैयाँ र बिक्री दर १४०.६७ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.८७ रुपैयाँ र बिक्री दर १६२.६० रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.५९ रुपैयाँ र बिक्री दर १६२.३२ रुपैयाँ थियो।