मकवानपुर। मनहरी गाउँपालिका–७ नम्बर वडा कार्यालयको भवन निर्माण भएको छ। गाउँपालिकाको नयाँ भवन निर्माण गरिएको हो।
उक्त नवनिर्मित प्रशासकीय भवनको उद्घाटन बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आइतबार पानसमा दिप प्रज्वलन गर्दै शिलालेखको ब्यानर उघारेर भवन उद्घाटन गरे।
भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात् धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापनापछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहजरूपमा सम्पूर्ण सेवा लिन पाउनेमा खुशी प्रकट गरे।
मनहरी गाउँपालिकाको बजेटमा रत्नकुमारी एण्ड सन्स् प्रालि हेटौंडाले ८७ लाख रुपैयाँमा सो भवन निर्माण गरेको वडाध्यक्ष ठाकुरराम तितुङले बताए।