काठमाडौं । नेपाल विदुत् प्राधिकरणले ६० अर्बको आईपीओ जारी गर्ने भएको छ। प्राधिकरणले तेस्रो वित्तीय पुनर्संरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिसकेको छ।
प्राधिकरणको चुक्ता पूँजी करिब ३ खर्ब रुपैयाँ कायम गरी त्यसको १० प्रतिशत सार्वजनिक निष्कासन गर्ने तयारी गरेको हो ।
उक्त सार्वजनिक निष्कासनबाट प्रिमियमसहित करिब ६० अर्ब रुपैयाँ बराबरको स्रोत संकलन गर्ने प्रस्ताव प्राधिकरणले गरेको छ ।
प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १२५ रुपैयाँ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको प्राधिकरणले जनाएको छ ।