काठमाडौं। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
लघुवित्तको संचालक समितिको कात्तिक १ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो। हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णय छ।
लघुवित्तको चुक्ता पुँजी हाल १ अर्ब ७७ करोड ९४ लाख छ। सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको छैटौं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले नगद लाभांश पाउने छन्।
लघुवित्तले गत आर्थिक वर्ष लगानीकर्तालाई १४.७५ प्रतिशत लाभांश वितरण गरेको थियो।