काठमाडौं। हल्चोकस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पमा शिल गरिएको छ। उपभोक्तालाई इन्धन बिक्रीमा ठगि गरेको पाइएपछि अनुगमन टोलीले बुधबार पेट्रोल पम्प शिल गरेको हो।
बुधबार प्रधानमन्त्री कार्यालयको सचिवालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग र राष्ट्रिय सतर्कता केन्द्रका अधिकारीहरुले पेट्रोल पम्पमा अनुगमन गरेका थिए। अनुगमनका क्रममा उपभोक्तालाई कम परिणाममा इन्धन बिक्री गरेको पाएपछि शिल गरेको पाइएको हो।
सोही अनुगमन टोलीले हिजो तीनकुनेको गैरीगाउँस्थित रहेको बाबाभ्याली पेट्रोल पम्प पनि शिल गरेको छ।
पेट्रोलियम पदार्थमा ठगी भइरहेको व्यापक जनगुनासो आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निर्देशनमा विभिन्न निकायका अधिकारीहरुको टोलीले संयुक्त रुपमा अनुगमन थालेका छन्।