सप्तरी। प्रथम तथा पूर्व राष्ट्रपति डा.रामवरण यादवले तराई मधेसलाई समृद्ध बनाउन चुरे विनाश रोक्नुपर्ने बताएका छन्।
सप्तरीको राजविराजमा कर्मवीर योद्धा खुशीलाल मण्डलको नागरिक अभिनन्दन समारोहमा बोल्दै पूर्व राष्ट्रपति यादवले तराई मधेस मरुभूमि हुनबाट जोगाउन चुरे जङ्गल विनाशलाई रोक्नु आवश्यक रहेको बताएका हुन्।
नेपालको तराई मधेसमा धेरै अन्न फल्ने भएकाले यहाँ नदि नाला र सिँचाइ सुविधा पुगेमा समृद्ध नेपाल बन्न सक्ने बताउँदै उनले जलवायु परिर्वतन र वातावरण अनुकुलताका कारण अहिले तराईमा पानीको सतह घट्दै गएको बताए।
दैनिक चुरे विनाशले गर्दा ठाउँ–ठाउँमा पानीको अभाव देखिएका कारण चुरे जोगाउन सबै नागरिक सचेत बन्नुपर्नेमा डा यादवको भनाइ छ ।