काठमाडौं। पर्यावरणीय दिगोपना सुनिश्चित गर्दै आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा उद्यमी व्यवसायीहरूले जोड दिएका छन् । धनगढीमा आयोजित एक कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले वातावरणका विषयहरूमा नेपालले गरेको विश्वव्यापी प्रतिबद्धताहरू पूरा गर्न व्यापार र उद्योग क्षेत्रका लागि हरित वृद्धि (ग्रीन ग्रोथ) को अवधारणा महत्वपूर्ण हुने बताएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघले आइएलओको सहयोगमा स्ट्रेन्थेन इम्प्वयर्स क्यापासिटी फर इम्प्रुुभ्ड डिसेन्ट वर्क थ्रु प्रमोटिङ वर्क वेज्ड लर्निङ स्कील याजवेल याज सेफ्टी एण्ड हेल्थ परियोजना संचालन गरिरहेको छ ।
सोही परियोजना अन्तरगत आयोजना गरिएको कार्यस्थलमा आधारित सीप विकास तथा ग्रीन इकोनोमी विषयक कार्यक्रमका सहभागीहरुको हरित वृद्धि अभ्यासहरू अंगाल्दा वातावरण र समाजलाई समेत फाइदा पुुग्ने कुरा सबैलाई बुुझाउनुु पर्ने सुुझाव थियो ।
हरित वृद्धिका अभ्यासहरू अंगाल्दा आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन अवसरहरू समेत सृजना हुने धारणा सहभागी विज्ञहरू राखे । कार्यक्रम महासंघको सुदूर पश्चिम प्रदेश च्याप्टरको सहकार्यमा आयोजना गरिएको थियो । जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्दा वैज्ञानिक, समावेशी र सामाजिक सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुुझाव उनीहरूको थियो ।