नेपालगन्ज। नेपालगन्जमा दशैंभर ड्रोन क्यामेरामार्फत अनुगमन गरिने भएको छ। दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गरिएको हो ।
घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको सङ्ख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालयद्वारा ड्रोनमार्फत अनुगमन गरिएको हो ।
बिजया दशमीपछि मूर्ति विसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउन ड्रोन क्यामेरा उडाएर परीक्षण तथा अवलोकन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मूर्ति स्थापना गरिएका सबै स्थानमा प्रहरी पुग्न नसकेको अवस्थामा ड्रोन क्यामेरामार्फत पनि त्यहाँको वस्तुस्थिति बुझ्न सहज भएकाले ड्रोनको प्रयोग गरिएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ।