मकवानपुर। हेटौँडा उपमहानगरपालिकाले दुईवटा वडामा नगर अस्पताल सञ्चालन गर्ने भएको छ। उपमहानगरपालिकाले वडा नम्बर १३ र १६ मा रहेका स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पताल सञ्चालन गर्ने भएको हो।
नगर अस्पताल सञ्चालनको लागि आवश्यक भौतिक संरचना र जनशक्ति थप गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ। २०७९ सालमै नगरकार्यपालिकाबाट नगर अस्पताल सञ्चालन गर्ने निर्णय गरिएको र अहिले ती स्वास्थ्य चौकीहरूलाई अस्पतालको रूपमा विकास गर्ने काम थालेको बताइएको छ।
पाँच शय्याको अस्पतालको रुपमा सञ्चालन गर्ने गरी गत आर्थिक वर्षदेखि नै उपमहानगरले नगर अस्पताल सञ्चालनको सोच बनाए पनि तत्काल कार्यान्वयनमा ल्याउन नसेकेपछि यस वर्षबाट काम थालेको छ। नगर अस्पताल सञ्चालनमा आवश्यक पर्ने भौतिक संरचना, फर्निचर, प्रयोगशालाका सामग्रीलगायत व्यवस्थापनका काम भइरहेको र आवशयक जनशक्ति माग गर्ने कामसमेत भएको छ।
नगर अस्पताल सञ्चालनका लागि उपमहानगरपालिकाले मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसियन, कम्युटर अपरेटर, अहेव, कार्यालय सहयोगीलगायतका पदमा आवेदनसमेत खुला गरिसकेको