कैलाली। लम्कीचुहा नगरपालिकामा शीतभण्डार निर्माण भएको छ। लम्कीचुहा नगरपालिका–४ कौवापुरमा सुदूरपश्चिम प्रदेश सरकारले शितभण्डार निर्माण गरेको हो।
सुदूरपश्चिम प्रदेश सरकारको कृषि विकास निर्देशनालयले नगरपालिकालाई ३० टन क्षमताको शीतभण्डार निर्माण गरी हस्तान्तरण गरेको छ। बुधबार प्रदेश सरकारले रु ५५ लाख बराबरको लागतमा निर्माण गरि नगरपालिकालाई हस्तान्तरण गरेको पालिकाकी उपप्रमुख जुना चौधरीले बताइन्।
बजार व्यवस्थापनको लागि नगरपालिकाले विषेश कार्यक्रम सञ्चालन नगरेको उनले बताइन् । उनको अनुसार नगरपालिकामा हाट बजारमा समेत कृषि उत्पादनको बिक्री हुने गरेका छन्। तीन स्थानमा हाटबजार लाग्ने गरेको उनले जानकारी दिइन् ।