बैतडी । बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड भएको छ। डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको हो।
उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीकाले जनाइएको छ। ढुङ्गा र फलामका हातहतियारले तोडफोड गर्न सकिने सबै सामानमा क्षति पुगेको छ।
तोडफोडमा गर्ने समूहको पहिचान हुन नसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। साथै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।