काठमाडौं। निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औं सम्मेलनका अध्यक्ष रवि सिंहसहित तीन सदस्यीय टोली बङ्गलादेश गएका छन्। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औं सम्मेलनको प्रवर्द्धनका लागि बिहीबार उनीहरु बङ्गलादेश प्रस्थान गरेका हुन्।
आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा हुने इफाप्काको ४६ औं सम्मेलनको प्रवर्द्धनका लागि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका रवि सिंह, महासंघका सल्लाहकार तथा इफाप्का महासचिव विरेन्द्रराज पाण्डे र महासंघका वरिष्ठ उपाध्यक्ष ई. आङ दोर्जी लामा बङ्गलादेश प्रस्थान गरेका छन्।
इफाप्काको ४६ औं सम्मेलन आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा आयोजना हुँदैछ। हाल महासंघका अध्यक्ष रवि सिंह इफाप्का अध्यक्षको भूमिकामा छन् भने इफाप्का महासचिवमा वीरेन्द्रराज पाण्डे, इफाप्का बोर्ड मेम्बरमा सुशील कुमार श्रेष्ठ छन्। इफाप्कामा भारत, बंगलादेश, मंगोलिया, मलेसिया, फिलपिन्स, सिंगापुर लगायतका १८ देश आबद्ध छन् ।
इफाप्का सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि अन्तराष्ट्रिय निमन्त्रणा र प्रवर्द्धका कार्यमा महासंघ तीव्र गतिमा लागिरहेको छ।