कपिलवस्तु। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानमा रंगशाला निर्माण गर्ने बताएका छन्। बिइंग फ्रेन्ड क्लवद्वारा बुद्ध पद्म माबिको खेल मैदानमा आयोजित तौलिहवा टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उद्घाटन गर्दे मन्त्री आचार्यले यस्तो बताएका हुन्।
उक्त खेल मैदानमा रंगशाला निर्माण गर्ने निर्वाचन अघि आफ्नो चुनावी ऐजेन्डा रहेको आफूलाई स्मरण रहेको भन्दै उनले बुद्ध पद्म खेल मैदानमा रंगशाला निर्माण गर्न अफु प्रतिबद्ध रहेको बताए।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सदस्य सुधाकर पाण्डेयले बुद्ध पद्म माबिको खेल मैदानमा रंगशाला निर्माण गर्न आफुले पनि पहल गर्ने बताए। संघीय, प्रदेश र पालिकाहरुले समेत यो मैदानमा रंगशाला निर्माण गर्न सबैले साथ दिनुपर्ने उनको भनाइ छ ।