काठमाडौं । आज अमेरिकी डलरसँगै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ बढेको छ।
हिजो १३३.४८ रुपैयाँमा बिक्री र १३२.८८ रुपैयाँमा खरिद भएको अमेरिकी डलरको आज बिक्री दर १३३.५० रुपैयाँ र बिक्री दर १३२.९० रुपैयाँ कायम भएको छ।
यस्तै, आज १ युरोको बिक्री दर १४१.०३ रुपैयाँ र खरिद दर १४०.४० रुपैयाँ कायम भएको छ। हिजो १ युरोको बिक्री दर १४०.७८ रुपैयाँ र बिक्री दर १४०.१५ रुपैयाँ थियो।
आज १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ पुगेको छ। हिजो १ पाउण्डको बिक्री दर १६१.३६ रुपैयाँ थियो।