काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
भेटमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबारे कुराकानी भएको बताइएको छ।
आइतबार गुटेरस नेपाल आउँदैछन्। चार दिने नेपाल भ्रमणका क्रममा गुटेरसले कात्तिक १४ गते संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गर्ने तय भएको छ।
ओली र प्रचण्डको भेटमा सत्य निरुपण तथा मेलमिलाप विधेयकबारे पनि कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ।
टीआरसी विधेयक सम्बन्धी मुख्य चार विषयलाई थाती राखेर संसदको कानुन समिति अन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको थियो। दलहरुबिचमा मतभिन्नता हुदा टीआरसी विधेयक अघि बढ्न सकेको छैन।