काठमाडौं। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले पहिलो चरणको सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि शुक्रबारबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।
कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँ रहेको छ। कम्पनीले यसको कूल २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्काशन गर्दैछ।
जसको १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता सेयर आजबाट श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि बिक्री खुलाएको हो।
श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुले उक्त सेयरमा न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी गरेको सो सेयरमा शुक्रबा्बाट कात्तिक २४ गते सम्म आवेदन दिन सकिनेछ।