धनुषा। धनुषामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएको ट्याक्टर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध रुपमा उत्खननमा प्रयोग भएको ९ वटा ट्याक्टर र एउटा टिपर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले आज क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरस्थित जलाद खोलामा उत्खनन् गरिरहेको अवस्थामा ९ वटा ट्रयाकटर नियन्त्रणमा लिएको छ ।
यस्तै शुक्रबार अवैध रुपमा बालुवा, गिट्टि उत्खनन गरी लैजादै गरेको अवस्थामा क्षिरेश्वरनाथ नगरपालिका ५ महिला विकास चोकबाट इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटि गएको गस्ती टोलीले एउटा टिपर नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको ट्याक्टर र टिपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाए ।