तनहुँ। भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा १६ करोडका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ । सहरी विकास मन्त्रालयले विनियोजन गरेको २५ करोड बजेटमा १५ करोड ९७ लाखमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो ।
ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि पाँच करोड बजेट विनियोजन गरिएको छ । भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि तीन करोड विनियोजन भएको नगरपालिकाले जनाएको छ।
त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न दुई करोड ४४ लाख, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ दुई करोड विनियोजन भएको छ। भीमाद–६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरपालिकाले जनाएको छ।
त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो ।