जनकपुरधाम। मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीका लागि अन्नबाट मूर्ति निर्माण गरिने भएको छ। विवाहपञ्चमी महामहोत्सवलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्नबाट भगवान् रामजानकीको ११ हजार स्क्वायर फिटको मूर्ति निर्माण गर्न लागिएको हो।
अन्नबाट मूर्ति निर्माण गरेर विश्व किर्तीमान कायम राखिने भएको छ।
बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अनुसार ७० क्विन्टल अन्न अनाजबाट मूर्ति निर्माण हुनेछ।
भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार आठ सय स्क्वायर फिटको अन्नबाट मूर्ति बनाएर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्क्वायर फिटमा सो मूर्ति बनाएर विश्व रेकर्ड बनाई विवाह पञ्चमीलाई अन्तर्राष्ट्रिय करण गरिने बताइएको छ।