काठमाण्डौं। आगामी २०३० सम्ममा सबैलाई सस्तो र स्वच्छ ऊर्जाको पहुँच पुर्याउने लक्ष्य राखि गत सोमबार यसको मार्गचित्रको शुभारम्भ गरिएको छ। यसबाट नवीकरणीय ऊर्जाको मात्राका साथै दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ।
ऊर्जा सम्बन्धि दिगो विकासको लक्ष्ये प्राप्तिको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले यसको मार्गचित्र शुभारम्भ गर्नुभएको हो। यसभित्र खनिज तेलको मात्रालाई कम गरी नवीकरणीय ऊर्जाको पहुचलाई वृद्धि गर्दै लाने योजना समेटिएको छ। खाना पकाउनको लागि विधुतिय चुल्होको प्रयोगलाई बढवा दिइएको छ साथै नेपाल ऊर्जा दक्षता रणनीति-२०१८ लाई सरकारले स्वीकृत गरी कार्यन्वयनमा पनि ल्याइसकेको छ।