काठमाडौं। आज अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो बढेको छ भने बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९० रुपैयाँ रहँदा बिक्री दर १३३.५० रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।
यस्तै, १ युरोको खरिद दर आज १४०.४२ रुपैयाँ पुगेको छ। बिक्री दर १४१.०५ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४०.४० रुपैयाँ र बिक्री दर १४१.०३ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.२४ रुपैयाँ र बिक्री दर १६१.९७ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६१.२८ रुपैयाँ र बिक्री दर १६२.०१ रुपैयाँ थियो।