मोरङ। पथरी शनिश्चरे नगरपालिकाले स्वीमिङ पुलसहितका पूर्वाधाहरूको अनुगमन गरेको छ।
पथरी शनिश्चरे–२ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडको परिसरमा निर्माण भएको स्वीमिङ पुल, पार्किङ, किचनसहित पूर्वाधारहरुको नगरपालिकाले अनुमगन गरेको हो।
नगरपालिकाकी उप–प्रमुख तथा अनुगमन समिति संयोजक देवीमाया काफ्ले, नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशी राईसहितको टोलीले अनुगमन गरेको हो ।
हरियाली सामुदायिक वन लिमिटेड र संघीय पर्यटनको साझेदारीमा ति संरचनाहरू निर्माण गरिएका हुन् ।