काठमाडौँ। आज संसदको संयुक्त बैठकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने भएका छन्। महासचिव गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि नै आज सङ्घीय संसद्को संयुक्त बैठक बस्ने भएको हो।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको बताइएको छ।
महासचिव गुटेरेस चार दिने भ्रमणका लागि आइतबार नेपाल आएका छन्। आज अन्नपूर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेर दिउँसो उनी काठमाडौँ फर्कने कार्यतालिका रहेको छ।