काठमाडौं। सवारी चालकले नागरिक एपमा आफ्नो लाइसेन्स विवरण राख्नुपर्ने भएको छ। ट्राफिक प्रहरीको सामान्य चेकिङका लागि भने अब चालकले लाइसेन्स बोकेर नहिँने पनि हुन्छ।
तर ट्राफिक नियम उल्लंघन भएको खण्डमा भने लाइसेन्स नै चाहिने भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्र प्रसाद भट्टले सवारी चालक लाइसेन्स प्राप्त हो वा होइन भनेर जानकारी लिन मात्रै नागरिक एपमा हुने डीजीटल लाइसेन्स सुविधा दिइएको बताए।
ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रुपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने बताएको छ।