काठमाडौं। बझाङमा भूकम्पबाट क्षतिग्रस्त एउटा विद्यालयलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक सहयोग गरेको छ । बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि नेशनल लाइफले आर्थिक सहयोग गरेको हो।
बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
कार्यक्रमका अवसरमा बोल्दै खत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए ।
कम्पनीको सहयोगबाट पुस्तकालय पुनर्निर्माणमा विद्यालयलाई केही हदसम्म भएपनि राहत मिल्ने उनको भनाइ छ।
गत १६ असोजमा आएको भूकम्पबाट विद्यालयको भवन क्षतिग्रस्त बनेको छ।