काठमाडौं । नेरूडे र मिर्मिरे लघुवित्तलाई एकआपस मर्ज हुने भएको छ। विराटनगर महानगरपालिका–३ मा केन्द्रीय कार्यालय रहेको नेरूडे र बनेपा नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरे गाभिने भएका हुन्।
यी दुई लघुवित्त मर्जरका लागि राष्ट्र बैंकले स्वीकृति दिएको छ । ११ पुस २०७९ मा यी दुई लघुवित्त एकआपसमा गाभिने सम्झौता भएको थियो ।
मर्जरका लागि दुवै कम्पनीको स्वाप रेसियो १ बराबर १ अनुपात कायम हुनेछ ।
बजारमा दुवै कम्पनीको सेयर मूल्य पनि करिब उस्तै छ । कारोबार बन्द हुँदा मिर्मिरेको मूल्य प्रतिकित्ता ५८१ रुपैयाँ र नेरूडेको ५५९ रुपैयाँ छ ।