सल्यान। शारदा नगरपालिका–१४ पश्चिम माल्नेटा स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको आफ्नै भवन निर्माण भएको छ।
भवन बनेसँगै वडाबासीलाई सहज भएको छ । स्वास्थ्य सेवा केन्द्रले नवनिर्मित भवनबाट सेवा दिन थालेपछि सहज भएको वडाध्यक्ष प्रकाश पुनले बताए ।
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीका अनुसार जनताहरुलाई सहज स्वास्थ्य सेवा दिन नगरले आवश्यक श्रोत साधनको उचित व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने बताए । उनले स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्ने जग्गा दाता कृष्ण शाहलाई धन्यवाद दिए ।
वडाध्यक्ष प्रकाश पुनका अनुसार आफ्नै भवन नहुँदा उपचारमा समस्या हुँदै आएको थियो ।