नेपालगञ्ज। नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले तिर्न बाँकी विद्युत् महसुल असुली अभियान सुरु गरेको छ। लामो समयसम्म विद्युत महसुल नतिर्नेहरुबाट प्राधिकरणले बक्यौता रकम उठाउन थालेको हो।
कार्यालयले दुई दिनको अवधिमा १ करोड ८० लाख ६८ हजार भन्दाबढी वक्यौता असुली गरेको छ ।
अभियानअन्तर्गत सोमबार २ हजार पाँच सय ४७ ग्राहकबाट ८५ लाख ४१ हजार आठ सय ७० रूपैयाँ र आइतबार दुई हजार पाँच सय ७४ ग्राहकबाट ९५ लाख २६ हजार आठ सय रूपैयाँ वक्यौता असुली भएको केन्द्रले जनाएको छ ।
विद्युत वक्यौता महसुल असुली अभियानअन्तर्गत अनलाइन भुक्तानीमार्फत एक सय १२ ग्राहकको १७ लाख ६० हजार रकम सङ्कलन भएकामा ६१ जनाको पुनः लाइन जोडी रु नौ लाख १२ हजार आठ सय रूपैयाँ वक्यौता पनि असुली भएको थियो ।
त्यस्तै एक सय ६३ जनाको ११ लाख ८७ हजार चार सय ६० वक्यौता असुली भएकामा २१ जनको पुनः लाइन जोडेर आठ लाख ७४ हजार ६० रूपैयाँ वक्यौता असुली भएको वितरण केन्द्रले जनाएको छ ।