सुनसरी। इटहरी उपमहानगरपालिकामा रहेको टेङ्ग्रा खोला अतिक्रमण गरेर बनाइएको राष्ट्रिय भूतपूर्व सैनिक क्लबको भवन भत्काइएको छ ।इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोख्रेलको सक्रियतामा मङ्गलवार क्लबको भवन भत्काइएको हो ।
खोलाको जग्गा नाप जाँच गर्दा खोला अतिक्रमण भएको पाइएपछि क्लबलाई भत्काउने ताकेता गरिएको थियो । खोला तथा पैनी अतिक्रमण गरी बनाइएको संरचना हटाउने अभियान चलिरहेको बेला वडा नं ६ ले यसलाई सार्थकता प्रदान गर्दै अभियानलाई निरन्तरता दिएको बताइएको छ ।