काठमाडौं। भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो ।
निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् ।
उक्त नवनिर्मित भवन विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।