काठमाडौं। आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुग्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३२.९७ रुपैयाँ रहँदा बिक्री दर १३३.५७ रुपैयाँ रहेको छ। बुधबार १ अमेरिकी डलरको खरिद दर १३२.९१ रुपैयाँ र बिक्री दर १३३.५१ रुपैयाँ थियो।
यस्तै, १ युरोको खरिद दर आज १४०.१७ रुपैयाँ पुगेको छ। बिक्री दर १४०.८० रुपैयाँ छ। बुधबार १ युरोको खरिद दर १४१.७२ रुपैयाँ र बिक्री दर १४२.३६ रुपैयाँ थियो।
आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६१.३१ रुपैयाँ र बिक्री दर १६२.०४ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६२.०५ रुपैयाँ र बिक्री दर १६२.७८ रुपैयाँ थियो।