काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आजबाट साधारण सेयर निष्काशन गरेको छ। यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गरेको हो।
नियामक धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाइसकेको यस कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको हो। कम्पनीले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।
भिजन लुम्बिनी ऊर्जा कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना रहेको कम्पनीको विश्वास छ।