काठमाडौं। बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको अमेरिकी डलरको मूल्य आज घटेको छ। डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने बढेको छ।
बिहीबार १ डलरको बिक्री दर हालसम्मकै उच्च १३३.५७ रुपैयाँ र खरिद दर १३२.९७ रुपैयाँ पुगेको थियो। आज भने १ डलरको बिक्री दर १३३.५० रुपैयाँ र खरिद दर १३२.९० रुपैयाँ रहेको छ।
आज १ युरोको खरिद दर १४१.२५ र बिक्री दर १४१.८९ रुपैयाँ तय भएको छ। हिजो १ युरोको १४०.१७ र बिक्री दर १४०.८० रुपैयाँ थियो।
यस्तै, आज १ पाउण्डको बिक्री दर १६२.७७ रुपैयाँ र खरिद दर १६२.०४ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको १६१.३१ रुपैयाँ र बिक्री दर १६२.०४ रुपैयाँ थियो।