कास्की । लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले साधारण सेयरको बिक्री खुलाइएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको साधारण सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि जारी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले जनाएको छ ।कम्पनीले सर्वसाधारणका लागि कूल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो ।