काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको स्वीकृति रोकेको छ । सेयर बजारमा धितोपत्रको आपूर्ति बढी भएकाले बजार घटेको आरोप लगानीकर्ताले लगाएपछि बोर्डले सार्वजनिक निष्कासनको स्वीकृति रोकेको हो ।
अब सञ्चालक समितिबाट स्वीकृति गराएर मात्रै सार्वजनिक निस्कासन गर्न पाउने व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ। बोर्डले केही समय आईपीओ, हकप्रद र एफपीओजस्ता सबैजसो सार्वजनिक निष्कासनको स्वीकृति रोकेको छ ।
बजार उच्चदरमा घट्न थालेसँगै केही समय सार्वजनिक निस्कासनमा ढिलाइ गर्ने रणनीतिस्वरुप यस्तो दकम चाल्न लागिएको बोर्ड स्रोतले जनाएको छ । यस विषयमा व्यवस्थापन समितिमा छलफल भइसकेकोले केही दिनमा नै बोर्डमा उक्त प्रस्ताव जाने बताइएको छ।