रुपन्देही। साँस्कृतिक नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकीको भवन निर्माण कार्य सुरु भएको छ। नगरपालिकाका नगरप्रमुख सजरुद्धीन मुसलमानका पहलमा नगरपालिका वडा न.३ स्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र, लंकापुरमा भवन निर्माण सुरु भएको हो ।
करिब ७४ लाख ८० हजार रुपैयाँमध्ये जिल्ला समन्वय समितिको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा स्वास्थ्य चौकी भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । सुविधा सम्पन्न बन्ने भवनमा करिब १५ वटा उपचार कक्ष रहने छ । तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ओझा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ।
नगरप्रमुख मुसलमानले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मानव जीवनसंग प्रत्यक्ष रुपमा स्वास्थ्य क्षेत्र जोडिएकाले पालिकाले आवश्यक रुपमा भौतिक संरचना निर्माणका लागी प्रयास गरिरहेको उनले सुनाए । लंकापुर स्वास्थ्य चौकीबाट २४ औँ घण्टा सुत्केरी सेवा दिनुपर्ने र पुरानो भवन जीर्ण हुदैँ गएकाले नयाँ स्वास्थ्य भवनका निर्माण गर्न लागिएको उल्लेख गरे ।