जाजरकोट। जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ । जाजरकोटको सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उपप्रमुख सिंहको मृत्यु भएको हो।
घर भत्किएर घाइते भएकी सिंहलाई उद्धार गरेर अस्पताल पठाउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ। सिंह गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।