जाजरकोट। जाजगरकोटमा गए राती गएको भूकम्पबाट प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको स्वास्थ्य टोली पुगेको छ।
भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा पुगेको हो।
नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्।
प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन समेत दिएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व मन्त्री जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान प्रधानमन्त्रीले निर्देशन दिएका छन्।