काठमाडौं। जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या हालसम्म ९२ जना पुगेको छ। जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको हो ।
भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।
भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदैछ । केही घाइतेहरूलाई सुखेततर्फ रिफर समेत गरिएको छ।