काठमाडौं। जाजरकोटमा गए राति गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या हालसम्म १२८ पुगेको छ। शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको हो।
जाजरकोटमा भूकम्पबाट ९२ जनाको मृत्यु भएको र ५५ जना घाइते भएका छन् ।
यसैगरी रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।