काठमाडौं। वीर अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालबाट स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका छन्।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्रतर्फ लागेका हुन्।
उद्दारका सबै सामग्रीहरु लिएर दाङबाट विपद् उद्दारका लागि डीआरएसको कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको छ।
महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ रहेको बताइएको छ।