काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले एक करोड र बागमती सरकारले एक करोड ५० लाख राहत दिने भएका छन्।
शनिबार बिहान बसेको सूदुरपश्चिम मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको हो।
यस्तै सरकारले प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि गरेको छ ।
त्यसैगरी बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो।