काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेरको हेलिकप्टरबाट घाइतेहरुको उद्दार गर्न थालिएको छ। प्रधानमन्त्री प्रचण्ड आज बिहान भूकम्प प्रभावित क्षेत्रमा जानका लागि प्रयोग भएको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गर्न थालिएको हो।
उक्त हेलिकप्टरमार्फत् जाजरकोटको नलगाडका ७ जना घाइते र निजका कुरुवाहरुलाई सुर्खेत लगिएको छ।
प्रधानमन्त्री दाहाल भने जाजरकोट ओर्लिएर जिल्ला अस्पताल र आसपासका क्षेत्रमा अवलोकन गरेर रुकुम पश्चिम पुगेका छन् । अहिले उनी सानीभेरी अस्पताल पुगेका छन् ।
अब प्रधानमन्त्री दाहाल सुर्खेतबाट नियमीत जहाज चढेर काठमाडौं आउने र हेलिकप्टरले घाइतेहरुको उद्धार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।