काठमाडौं । सरकारले विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित रुकुम पश्चिम र जाजरकोटमा ५/५ करोड रुपैयाँ पठाउने निर्णय भएको हो ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको बताइएको छ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।
हालसम्म जाजरकोटमा ९५ र पश्चिम रुकुममा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै जाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन् । घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ।