मोरङ। जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका सम्बन्धित प्रदेशलाई एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारले नगदसँगै एक ट्रक राहत सामग्री पनि पठाउने निर्णय गरेको छ । कोशी सरकारले ब्लाङ्केट, त्रिपाल र म्याट्रेस लगायतका सामाग्री एक ट्रक पठाउने भएको हो।