काठमाडौं। बिहीबार उच्च विन्दुमा पुगेको अमेरिकी डलरको मूल्य शुक्रबार घट्दा शनिबार र आज फेरि उच्च बिन्दु नजिक पुगेको छ।
बिहीबार १ अमेरिकी डलरको बिक्री दर हालसम्मकै उच्च १३३.५७ पुगेको थियो। शुक्रबार १३३.५० रुपैयाँ मा झरेको मूल्य शनिबार र आज १३३.५६ रुपैयाँमा कारोबार हुँदैछ। आज १ अमेरिकी डलरको खरिद मूल्य भने १३२.९६ रुपैयाँ छ।
यस्तै, आज १ युरोपियन युरोको खरिद दर १४१.५४ रुपैयाँ र बिक्री दर १४२.१७ रुपैयाँ रहेको छ।
आज १ बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १६२.४२ र बिक्री दर १६३.१५ रुपैयाँ तय भएको छ।