काठमाडौं। ग्लोबल आइएमई बैंकले लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको कात्तिक १९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
लाभांशमध्ये बैंकले १ प्रतिशत बोनस सेयर वितरण गर्ने छ भने ८ प्रतिशत नगद लाभांश दिनेछ।
लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै लगानीकर्ताहरुलाई वितरण गरिने बैंकले जनाएको छ।