कास्की। नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश सरकार भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको बिजुलीको लाइन काटेको छ । मन्त्रालयले विद्युत महसुल नबुझाएको भन्दै आइतबार बिहान प्राधिकरणले मन्त्रालयको बिजुली आपूर्ति बन्द गरेको हो।
मन्त्रालयले ४ महिनादेखि महसुल तिरेको र पटकपटक ताकेता गर्दा पनि महसुल नबुझाएपछि लाइन काट्नुपरेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको भनाइ छ
मन्त्रालयले १ लाख ५३ हजार रुपैयाँ महसुल बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आइतबार नै जिल्ला कारागारको पनि बिजुली काटेको थियो । कारागार कार्यालयले करिब २० लाख रुपैयाँ महसुल बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।